तुलसीपुर, २९ माघ । एनप्याव्सन दाङको अध्यक्षमा बिमल गौतम सर्वसहमत चयन भएका छन् । मंगलवार सम्पन्न ५ औं जिल्ला अधिवेशनबाट गौतम अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै अधिवेशनले नेवबहादुर खत्री, शरद गौतम, सुभाष वली, संगिता रोकाया, लिलाबहादुर खड्का,कुमार नेपाली, दिपककुमार यादब र लोकराज यादबलाई सदस्यमा चयन गरेको छ ।