तुलसीपुर, २८ माघ । नेपाल उद्योग वाणिज्य महासंघको पांच नंवर प्रदेशभेला मंगलवार तुलसीपुरमा सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको चैत अन्तिमसाता हुन गइरहेको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष, र केन्द्रिय सदस्यहरुको नाम सर्वसम्मत रुपमा प्रस्ताव गरिएको छ । वरिष्ठ उपाध्यक्षमा आइएमइ ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम सर्वसम्मत रुपमा प्रस्ताव तथा अनुमोदन गरेको छ ।
त्यस्तै प्रदेश नंवर ५ का वर्तमान अध्यक्ष गुणनिधि तीवारीको नाम जिल्ला तथा नगर उपाध्यक्षमा सर्वसम्मत रुपमा प्रस्ताव एवं समर्थन गरिएको आतिथ्य शाखा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीर वहादुर रावतले जानकारी दिए । त्यस्तै केन्द्रिय सदस्यमा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, किशोर आचार्य, कृष्ण प्रसाद श्रेष्ठ र चक्र वहादुर अधिकारीको नाम सिफारीस तथा अनुमोदन भएको छ ।
त्यस्तै प्रदेश नंवर ५ को अध्यक्षमा हेमराज बन्जाडे, शुरेन्द्र श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठको नाम सर्वसम्मत सिफारिस भएका छन् । प्रदेश भेलामा सहभागी पांच नंवर प्रदेशका जिल्ला तथा नगरगरी जम्मा ३६ उद्योग वाणिज्य संघहरुका करीव दुई सय भन्दा बढि उद्योगी व्यवसायीहरुले यी नामहरु सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।