घोराही, २६ माघ । आउदो फागुन २ गतेदेखि घोराहीमा सञ्चालन हुने नेपालका प्रथम शहीद लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीतामा १६ क्लबले प्रतिष्पर्धा गर्ने भएका छन् । नेपाल मगर संघ दाङको आयोजनामा आउदो फागुन २ देखि १५ गतेसम्म घोराही १८ नवलपुर खेल मैदानमा १६ क्लबले प्रतिष्पर्धा गर्ने भएका हुन् ।
प्रतियोगितामा एउटा क्लबले दाङ बाहेक प्रदेश ५ भित्रका दुई खेलाडी सहभागी गराउन पाउने छन् । प्रतियोगितामा गतबर्ष बडहरा युबा क्लबले उपाधि जितेको थियो । प्रतियोगीतामा प्रथम हुनेलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँसहित शिल्ड र दोस्रो हुनेलाई ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित शिल्ड प्रदन गर्ने मगर संघ दाङले जनाएको छ ।