दाङ, २४ माघ । तिनाउ मिसन डेभलपमेन्ट बैकले सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) लाई सेनेटरी प्याड भेन्डिङ मेशिन प्रदान गरेको छ ।
बैकको केन्द्रीय कार्यालयका कर्जा प्रमुख बासुदेव मल्ल र घोराही शाखा प्रमुख चेतन पराजुलीले सरस्वती मा.वि. विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिवेक श्रेष्ठ र प्रधानाध्यापक बसन्ता पौडेललाई मेसिन हस्तान्तरण गरेका थिए ।
भेन्डिङ मेसिनबाट छात्राहरुले महिनावारी भएका बेला आवश्यक पर्ने प्याड अटोमेटिक रुपमा उपलब्ध हुने ब्यवस्था गरिएको छ । मेसिनमा एक पटकमा ५० वटा सेनेटरी प्याड राख्न मिल्ने र उक्त प्याड आवश्यकता अनुसार छात्राहरुले अटोमेटिक रुपमा निकालेर प्रयोग गर्ने ब्यवस्था गरिएको छ । सेनेटर प्याड सहज तरिकाले उपलब्ध हुने ब्यवस्था भएपछि महिनाबारीका बेला छात्राहरु विद्यालय नआउने क्रम अन्त्य भइ छात्राहरु पढाईमा नियमितता आउने विश्वास विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको छ ।
बैकको सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मेसिन विद्यालयलाई उपलब्ध गराइएको बैकको केन्द्रीय कार्यालयका कर्जा प्रमुख बासुदेव मल्लले कार्यक्रममा जानकारी दिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्व एंव तिनाउ मिसन डेभलपमेन्ट बैक केन्द्रीय कार्यालयका कर्जा प्रमुख बासुदेव मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेल, बैकका घोराही शाखा प्रमुख चेतन पराजुली, विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डागी र दिपक श्रेष्ठ लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक हेमराज शर्माले गरेका थिए ।