Indrenionline.com

इन्धनमा कालाबजारी गर्ने प्रहरी नियन्त्रणमा

इन्द्रेणी संवाददाता
दाङ, १६ माघ । दाङमा आयल निगमले तोकेको मूल्यभन्दा बढीमा पेट्रोल, डिजेल विक्री गर्ने एक जनालई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ बबई गाउँपालिका वडा नम्बर ५ हापुरे स्थित राम सप्लायर्स पेट्रोल पम्पका संचालक रामबहादुर वलीले निगमले तोकिएको मूल्यभन्दा बढी मूल्यमा डिजल तथा पेट्रोल विक्री गरिएको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । अनुसन्धानबाट उनीले पेट्रोलप्रति लिटर ११५।– रुपैयाको दरले विक्री गरेको पाइएको छ ।