तुलसीपृुर १२ माघ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजानमा तुलसीपुरमा जारी तुलसीपुर महोत्सव २०७६ मा रौनक्ता बढ्दै छ । महोत्सवको तेस्रो दिन महोत्सव अवलोकन गर्नेको भीड लाग्यो ।
महोत्सवका आर्कषणका रुपमा स्थानिय कृषि उत्पादन सहितको कृषि प्रर्दशनी जुम्लाको अर्गानिक सामाग्री , बाल उद्यान , मौतका कुवा ,होचि महिला ईश्वरी माया छिनाल , दैनिक केन्द्रिय कलाकारहरुकोे प्रस्तुती , स्थानिय नृत्य प्रतियोगिता लगायतका रहे । महोत्सव माघ २० गतेसम्म चल्नेछ ।