तिर्थराज ज्ञवाली
दाङ, १२ माघ । प्रदेश सरकार प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयको आयोजनामा आयोजीत दुई दिने प्रदेश स्तरिय एकल महिला संजालसंग अन्तरक्रिया कार्यक्रम शनिवार देखी भालुवाङमा सुरु भएको छ ।
दुई दिन सञ्चालनहुने कार्यक्रममा प्रदेशका निति तथा कार्यक्रम, योजनामा महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुको संबोधनका विषय, नेपालमा एकल महिलाको अवस्था र एकल महिलाको अधिकार सम्वन्धि विद्यमान राष्ट्रिय तथा अन्तराट्रिय कानुनी ब्यवस्था, चुनौति, समस्या र संभावनाका बारेमा जानकारी तथा छलफल गरिने छ ।
अन्तरक्रिया कार्यक्रममा ५ नं प्रदेशका १२ जिल्लामा एकल महिलाको क्षेत्रमा भए गरेको काम प्रगति र एकल महिलाको समस्याका विषयबस्तुको उठान गरिने कार्यक्रम रहेको छ ।
एकल महिलाको क्षेत्रमा विभिन्न कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रदेश स्तरिय एकल महिला संजाल संग अन्तरक्रिया कार्यक्रममा एकल महिलाका समस्या तथा चुनौति र आगामी दिनमा प्रदेश सरकार संगको आषा अपेक्षाका बारेमा मन्त्रि एवं सचिवलाई ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम रहेको छ ।
दाङ्ग, प्युठान, रोल्पा, रुुकुम, बाँके, बर्दिया, गुल्मी, अर्घाखाची, कपीलबस्तु, रुपन्देहि र पश्चिम नवलपरासी जिल्लाका एकल महिला संञ्जालका जिम्मेवार पदाधिकारीहरुको सहभागीता रहेका छन् ।