इन्द्रेणी संवाददाता
दाङ, १० माघ । तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा शुक्रवार देखि दाङको तुलसीपुरमा तुलसीपुर महोत्सव–२०७६ शुरु भएको छ ।
महोत्सवको उद्घाटन पर्यटन मन्त्री योगेश भट्टाराईले गरे ।
महोत्सव उद्घाटन समोरहका प्रमुख अतिथि समेत रहेका मन्त्री भट्टराइले महोत्सवको सफलताको कामना गर्दै जिल्लाको आर्थिक संमृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्न आयोजकलाई आग्रह गरेका थिए ।
माघ १० गते देखि २० गतेसम्म सञ्चालन हुने महोत्सवमा करीव २५० स्टलहरु रहने छन् । महोत्सव अवधिभर करीव ५ लाख दर्शकले अवलोकन गर्ने र रू. १५ करोडको आर्थिक कारोबार गर्ने अपेक्षा गरिएको आयोजकले अपेक्षा गरेको छ ।