दाङ, ९ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्ला वार इकाइका नव निर्वाचित पदाधिकारीहरु संग परिचयात्मक कार्यक्रम गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित पदाधिकारीहरु संग परिचयात्मक तथा निर्वाचित भएकोमा वधाइ तथा शुभकामना दिएको हो ।
आफुहरु उद्योगी तथा व्यवसायिहरुलाई आइ पर्ने समस्या समाधान गर्ने तयार रहेको समेत बताए । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष रामदयाल गुप्ता लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । संघका उद्योग उपाध्यक्ष बशन्त जोसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव नरेश कार्कीले गरेका थिए ।
यसैविच दाङमा हुन थालेको कर सम्वन्धी तालिममा सहभागि हुन दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसायि तथा उद्यीहरु लाई आग्रह गरेको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसालले दाङमा हुन थालेको राष्ट्रीय स्तरीय तालिमको सदुपयोग गर्ने आग्रह गरे ।
साना तथा मझौला व्यवसायि करदाताहरु लाई तालिमको माध्यमवाट कर सम्वन्धी शिक्षा प्रदान गर्ने थालिएको हो । तालिममा कानुनले निर्दिष्ट गरेको व्यवस्थाहरु, पालना गनुपर्ने, कर फारामहरु भर्दा हुने त्रुटि कम गर्न तालिमको आयोजना गरिएको बताइएको छ ।
तालिम आन्तरीक राजस्व विभाग काठमाडौ, तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको सह आयोजनामा तालिम सञ्चालन हुन थालेको हो । तालिम माघ १० र ११ गते घोराहीमा हुने छ ।