इन्द्रेणी संवाददाता
दाङ, ८ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकाले बहुप्राविधिक शिक्षालय ‘मेट्रो कलेज’ सञ्चालनमा ल्याएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरामा सञ्चालनमा ल्याएको उक्त मेट्रो कलेजको बुधवार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गरे ।
करीव दश विगाह क्षेत्रफलमा सञ्चालनमा आएको उक्त कलेजमा प्राविधिक व्यवसायी परिषद् (सिटीइभिटी) बाट मान्यता प्राप्त डिप्लोमा तहका सबै प्राविधिक शिक्षाको पठनपाठन हुनेछ ।