घोराही । दाङ चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १० देखि २२ गते सम्म घोराहीमा आयोजना गर्न थालिएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ सफल बनाउन सचिवालय, प्रचारप्रसार समिति र सुरक्षा उपसमिति गठन गरिएको छ ।
त्यसैगरी सचिव कुमारराज श्रेष्ठको संयोजकत्वमा रहेको प्रचारप्रसार उपसमितिमा सदस्य सचिवको रुपमा नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शितललाई जिम्मेवारी दिइएको छ । उपसमितिको सदस्यहरुमा पाण्डव शर्मा, देवेन्द्र बस्नेत, प्रेम राम्जा, केशरमान विसी, जनक नेपाली, दशरथ घिमिरे, गिरिराज नेपाली, नविन अभिलाशि, लिलाधर वली, रिता लामा, छवि पुरी, निशानदाजु भट्टराई, सपना बोहोरा, दीपक जिएम, सुशिला वली, आभाष बुढाथोकी, देव यादव, देवी भण्डारी, सविता चौधरी, दीपक वली र दामोदर बस्नेत ‘राकेश’ रहेका छन् ।
सचिव श्रेष्ठकै संयोजकत्वमा रहेको शान्ति सुरक्षा उप–समितिमा सह–संयोजकको जिम्मेवारी विष्णुप्रसाद पुनलाई दिइएको छ । सुरक्षा उपसमितिको सदस्यहरुमा शरद अधिकारी, पाण्डव शर्मा र आरके शितल रहेका छन् ।
महोत्सवमा सञ्चारकर्मीहरुले सम्बन्धित सञ्चारगृहको परिचयपत्रकै आधारमा महोत्सव स्थलमा प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवलाई मिडियामैत्री बनाउन र सञ्चारकर्मीहरुलाई सहज ढंगले रिपोर्टिङ गर्न सजिलो होस् भनेर सञ्चारगृहको परिचयपत्रकै आधारमा प्रवेशको व्यवस्था गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
उपाध्यक्ष घनश्याम अधिकारीको संयोजकत्वमा रहेको कार्यक्रम तथा मञ्च व्यवस्थापन समितिमा पुरुषोत्तम खनाल र केएल पीडितलाई थप गरिएको छ । लक्ष्मी अधिकारीको संयोजकत्वमा रहेको शोभायात्रा तथा झाँकी जुलुश उपसमितिमा प्रकाशसिंह पुन देवा पाण्डेयलाई थप गरिएको छ । विनोदकुमार पाण्डेको संयोजकत्वमा रहेको अतिथि सत्कार उप समितिमा घनश्याम घिमिरेलाई थप गरिएको छ ।
लोकदोहोरीमा प्रथम हुनेलाई २० हजार
महोत्सवको अवसरमा लोकदोहोरी गित प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार रुपैयाँ, द्धितिय हुनेलाई १५ हजार र तृतियलाई १० हजार पुरस्कार राषि व्यवस्था गरिएको छ । प्रतियोगितामा एक समुहमा एक पुरुष र एक महिला मात्रै रहने व्यवस्था गरिएको छ ।
महोत्सव मूल आयोजक समितिले महोत्सव सफल वडा नं १४ र १५ का टोल विकास समिति प्रतिनिधहरुसँग छलफल गरेको छ ।