दाङ । दाङ देउखुरी जिल्ला अदालतबाट धरौटीमा रिहाभए लगत्तै प्रहरीले नेत्रविक्रम चन्द्र विप्लवका पाँच जना नेतालाई सोमवार पुन पक्राउ गरेको छ ।
पुनपक्राउ पर्नेमा राप्ती व्यूरो सदस्य एव न्याय विभाग समिति दाङका संयोजक रामबहादुर थापा ‘सुन्दर’, दाङ जिल्ला इन्चार्ज यामलाल कटुवाल ‘विक्रम’, थवाङ स्वायत्त क्षेत्र इन्चार्ज हितप्रसाद रोका, थवाङ स्वायत्त क्षेत्र सेक्रेटरी अमृत घर्ती मगर र पाटी सदस्य इन्द्रबहादुर वली रहेका छन् ।