तुलसीपुर, ५ माघ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको तुलसीपुर महोत्सवलाई भव्य र सभ्य बनाउन छलफलहरु जारी भइरहेका छन् ।
‘नेपाल भ्रमणबर्षको कायक्रम सहित यसलाइ सफल पार्ने स्थानिय सरकारको बार्षिक क्यालेन्डर अनुरुप यो महोत्सव पनि हो, त्यसैले यो महोत्सवकालागी हामी अत्यन्तै सकारात्मक छौं’, कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भने । साथै उनले हरेक उत्सवलाइ महोत्सवका रुपमा लिइने भन्दै यो महोत्सव पश्चिम नेपालकै गौरवको रुपमा लिइनुपर्ने बताए । साथै उनले महोत्सवलाइ लैगिकमैत्री, महिलामैत्री, अपांगमैत्री बनाउन पनि आग्रह उनको थियो । महोत्सव यही माघ १० गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ ।