इन्द्रेणी संवाददाता
दाङ, ४ माघ । उर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ ले विभिन्न समुदायमा रहेका आफ्नै मौलिक भाषा तथा संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताएका छन् । शनिवार दाङको घोराहीमा मगर साँस्कृतिक भेषभुषा प्रतियोगितालाई उद्घाटन गर्दै मन्त्री पुनले हाम्रा मौलिक भेषभुषा र संस्कृति नेपालको सम्पति भएकाले यिनीहरुलाई संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको बताएका हुन् ।
मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रिय समितिको आयोजनामा सुरु भएको कार्यक्रममा बोल्नै वत्तलाहरुले मगर समुदायको भेषभुषा र संस्कृति नेपालको पर्यटन क्षेत्रसँग पनि जोडिएको हुँदा यसको संरक्षण गर्न सके मुलुकको पर्यटन विकासमा टेवा पुग्नेमा जोड दिएका थिए ।