काठमाडौं, २९ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकामा उद्योग ग्राम स्थापना गरिने भएको छ । जसका लागि आज तुलसीपुर उपमहानगरपालिका र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयबीच उद्योग ग्राम स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर पत्रमा स्थानीय तहकै लगानीमा ३ महिनाभित्र बिस्तृत परियोजना प्रतिबेदन बनाएर काम अगाडि बढाउने उल्लेख छ । उद्योग मन्त्रालयले पहिलो चरणमा मुलुकभरका ३२ बटा स्थानीय तहमा यो कार्यक्रम लागू गरेको छ । दाङमा १० वटा स्थानीय तहमध्ये तुलसीपुरमा मात्रै यो कार्यक्रम लागू गरेको हो