दाङ, पुस २७ । सरस्वती माध्यमिक विद्यालय भरतपुर काठेकोहलमा कक्षा ९ मा पढ्ने विद्यार्थीहरुलाई आफूले जीवनमा गर्ने काम बारे बिस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको वृत्ति–मार्गनिर्देशन तालिम सम्पन्न भएको छ ।
वृत्ति मार्गनिर्देशन कार्यक्रममा कक्षा ९ पढ्ने विद्यार्थीहरुलाई उनीहरुको क्षमताको पहिचान, रुचि र खुबी अनुसारको बृत्ति छनौट, बृत्ति र जागिरबारे बिस्तृत जानकारी, त्यस आधारमा उनीहरुले भविष्यमा रोज्य बृत्तिको योजना, नेपालको शिक्षा प्रणाली, आफ्नो बृत्ति निर्माण तथा त्यसको कार्यान्वयनका बारेमा जानकारी दिइएको प्रधानाध्यापक पौडेलले बताइन् ।