Indrenionline.com

विद्यार्थीलाई वृत्ति–मार्गनिर्देशन कार्यक्रम शुरु

दाङ, २३ पुस । माध्यमिक तहको पढाइको शुरुमै कक्षा ९ मा पढ्ने विद्यार्थीहरुलाई आफूले जीवनमा गर्ने काम बारे बिस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले दाङका ५ वटा सामुदायिक विद्यालयमा दोस्रो चरणको वृत्ति–मार्गनिर्देशन कार्यक्रम शुरु गरिएको छ ।

दाङका सरस्वती माध्यमिक विद्यालय भरतपुर, गंगा मा.वि., मा.वि. रझेना, महेन्द्र मा.वि. धर्ना र मा.वि. हापुर रतनपुरमा सञ्चालन गरिएको हो । कार्यक्रम कार्यान्वयनका लागि छनौट गरिएका सामुदायिक विद्यालयका दुई जना शिक्षकलाई सात दिनको प्रशिक्षण दिई तालिम प्राप्त वृत्ति मार्गनिर्देशक शिक्षक मार्फत कक्षा ९ मा ६ दिने र ती विद्यार्थीहरु १० कक्षामा पुग्दा थप एक दिनको तालिम दिने व्यवस्था गरिएको छ ।

वृत्ति मार्गनिर्देशन कार्यक्रममा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई विद्यार्थीहरुको क्षमताको पहिचान, रुचि र खुबी अनुसारको बृत्ति छनौट, बृत्ति र जागिरबारे बिस्तृत जानकारी, नेपालको शिक्षा प्रणाली, आफ्नो बृत्ति निर्माण तथा त्यसको कार्यान्वयनका बारेमा जानकारी दिइने कार्यक्रम कार्यान्वयन संस्था अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड टे«निङ इन्स्टिच्युट, काठमाडौंका मनोविद् तथा कार्यक्रम निर्देशक सुषमा रेग्मीले जानकारी दिए ।

आप्mनो वृत्तिप्रति सचेत नहुँदा विद्यार्थीहरुमा थुप्रै समस्या आएपछि विद्यार्थीहरुमा वृत्तिबारे र आफुलाई उचित हुने वृत्ति पत्ता लगाई सोही बाटोमा अगाडी बढाउने उद्देश्यले बृत्ति मार्ग निर्देशन कार्यक्रम कार्यान्वयनमा ल्याएको रेग्मीले जानकारी दिनुभयो । तीन बर्ष अघी शुरु गरिएको कार्यक्रम अहिले देशभरका १ सय ५१ विद्यालयमा सञ्चालनमा ल्याएको छ । बृत्ति मार्ग निर्देशन कार्यक्रममा गत वर्ष ६ हजार ५ सय बढी विद्यार्थी लाभान्वित भएका छन ।