सल्यान, २० पुस । १० लाख रुपैयाँ अनुदान सहयोगमा सल्यान कपुरकोट गाउँपालिकाको वडा नम्बर १ छापमा मोटरबाटो निर्माण हुने भएको छ । मोटरबाटो निर्माण कार्य आइतबारबाट सुरु भएको छाप खोरबारे मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष धन बहादुर रानाले जानकारी दिए । कपुरकोट गाउँपालिकाको अनुदान सहयोगमा मोटरबाटो निर्माण कार्य सुरु भएको हो ।
गाउँवस्तीमा मोटरबाटो पुग्ने भएपछि विकासका अन्य सम्भावना खुल्ने भन्दै स्थानीय भिम बहादुर रानाले खुसि व्यक्त गरे । उनले भने, ‘हाम्रो गाउँवस्तीमा तरकारि खेती हुने गर्दछ । अव गाउँमै सडक पुग्ने भएपछि तरकारि विक्रि गर्न सजिलो हुने भयो ।’ अहिले निर्माण गर्न लागेको सडक पुरै नयाँ कटिङ भएको वडा नम्बर १ को कार्यालयले जनाएको छ । वडाध्यक्ष बालाराम खड्काले भौतीक पूर्वाधार विकासको क्षेत्रलाई प्राथमिकता दिइएको बताए । आफ्नो वडामा विद्युत, खानेपानी, सडक निर्माण लगाएतका योजना चालु आर्थिक वर्षमा सञ्चालन भइरहेको जनाए ।