Indrenionline.com

तुलसीपुर बसपार्क उद्घाटन

इन्द्रेणी संवाददाता
दाङ, १८ पुस । वर्षाैदेखि अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएको पातुखोलास्थित तुलसीपुर बसवार्क व्यवस्थित र आधुनिक भएको छ । नगर विकास कोषको रू. १० करोड ५० लाख कर्जा सहयोगमा वसपार्कलाई व्यवस्थित र आधसनिक गरिएको हो ।

वसपार्कको उद्घाटन आज शुक्रवार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मन्त्री पोख्रेलले वसपार्क व्यवस्थित गर्ने कामको भएको र केही रुपमा व्यवस्थित भइरहेकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताए । वसपार्क व्यवस्थित भएपछि यात्रु तथा यातायात व्यवसायीलाई सहज हुने उनको भनाइ थियो ।

२०७४ बैशाख महिनादेखि वसपार्कलाई निर्माण गर्ने जिम्मा शिवशक्ति कन्ट्रक्सनले लिएको थियो । करीव २ वर्ष लगाएर वसपार्कलाई नयाँ रुप दिइएको हो । करीव ५ विगाह क्षेत्रफलमा फैलिएको वसपार्कमा यात्रु प्रतिक्षालय भवन, शौचालय, व्यवसायिक ५२ वटा व्यवसायिक टहरा, पार्क, वसपार्कभित्रमा सडक निर्माण, टिकट काउन्टर, पेट्रोल पम्प, स्तपान कक्षलगायतका भौतिक पूर्वाधार निर्माण गरिएको छ ।