Indrenionline.com

टयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

इन्द्रेणी संवाददाता
दाङ, १६ पुस । दाङमा आज टेक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

ववई गाउँपालिका २ रातामाटास्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा १ त ३२५७ नम्बरको टेक्टर सडकबाट ५०० मिटर तल खस्दा चालक ववई ५ जौवारीका २६ वर्षका खुमबहादुर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनको उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुरमा लैजादै गर्दा मृत्यु भएको हो ।