तुलसीपुर, १४ पुस । रिपोटर्स क्लब नेपालको प्रदेश भेला दाङमा हुने भएको छ । रिपोटर्स क्लब नेपाल प्रदेश नम्बर ५ का अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेश नम्बर ५ को भेला पुस महिनाको अन्तिम साता दाङमा गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ सहित बाह्र जिल्लाका पत्रकार र नागरिक अगुवाहरु दाङमा आउदै गर्दा जिल्लाको पर्यटन प्रबर्दन र प्रचार प्रसारमा समेत टेवा पुग्ने
अपेक्षा आयोजकले गरेको छ ।