इन्द्रेणी संवाददाता
दाङ, ११ पुस लागु औषध दुव्र्यसन न्यूनिकरण गर्न बालबालिका लागेका छन् । घोराही उपमहानगरपालिका वडा नं.१४ मा रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीहरु जुटेका हुन् । विद्यालय वरपर लागु औषध र सूर्तीजन्य बस्तुको विक्री बितरण भरहेको भन्दै त्यसको नियन्त्रण गर्न विद्यार्थीहरु लागेका हुन ।
विद्यालय वरपर भएका रेष्टुरेण्ट तथा पसलहरुमा अनुमति पत्रमा तोकिएको सर्त बमोजिम नै मदिराको विक्री वितरण गर्न आग्रह गरेका थिए । घोराहीको शुभप्रभात माविबाट सुरु भएको ¥याली प्रावि बालमन्दिर, मावि बालविकास, गोर्खा उच्च मावि, स्टार वोडिङ स्कुल, सनग्लो मन्टेश्वरी ,संस्कार मन्टेश्वरी, मदरसा दारुल हुदा स्कुल, अल्फा माविमा पुगेका थिए ।
घोराही उपमहानगरपालिका अध्यक्ष शक्तिराम डाँगीले बालबालिकाहरु पछिल्लो समय लागु औषध दुव्र्यसनीमा फसेका कारण उनीहरुलाई यसबाट मुक्त गरी समृद्ध नेपाल खुशी नेपालीको अभियानमा जुट्न आग्रह गरे ।