इन्द्रेणी संवाददाता
दाङ, ८ पुस । दाङ चेम्वर अफ् कमर्शको आयोजनामा दाङ घोराहीमा ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन व्यापारिक तथा कृषि औद्योगिक महोत्सव २०७६’ हुने भएको छ ।
महोत्सव सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमती लिनुका साथै महोत्सव स्थलका लागि सम्बन्धीत निकायसँग सम्झौता गर्ने काम भइसकेको आयोजक संस्थाले जनाएको छ ।
मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो । महोत्सवमा विशेष गरी स्थानीय पर्यटन क्षेत्रको विकास, स्थानीय उत्पादन, कला संस्कृतिलाई प्राथमिकता दिने आयोजक संस्थाका उपाध्यक्ष घनश्याम अधिकारीले बताए । महोत्सवमा विभिन्न प्रकारका २५० स्टल रहने छन् ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष घनश्याम अधिकारीले गरेका थिए भने सञ्चालन सचिव सागर खनालले गरेका थिए ।