तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ निर्वाचन परिचालन कमिटिले उपनिर्वाचनको समीक्षा गरेको छ । नेकपा तुलसीपुरको पार्टी कार्यालयमा भएको चुनाबी समीक्षाका क्रममा जनताको साथ र पार्टीको मेहनतले जीत हाँसिल गर्न सफल भएको निष्कर्ष निकालेका थिए ।
सरकारले दुई बर्षमा गरेका विकास निर्माणका कामलाई जनतामाथ स्थापीत गराउन पनि पार्टी सफल भएको उनको भनाई थियो । साथै पार्टी केन्द्रीकृत र एकताबद्ध भएको सन्देश पनि चुनाब मार्फत दिएको भन्दै यो पनि ठूलो उपलब्धी भएको अपारले बताए ।
त्यसअवसरमा प्रदेशसभा सदस्य बिमला ओलीले आफुलाई अमुल्य मतदान गरेका बिजय बनाउने आम मतदाताहरुलाई धन्यवाद समेत ब्यक्त गरिन् ।