तुलसीपुर, ३० मंसिर । तुलसीपुर उपमहानगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पर्यटन भित्र्याउनका लागि सञ्चालन गर्न लागेको घुम्न जाउँ तुलसीपुर अभियानको भव्य उद्घाटन गरिने भएको छ । तुलसीपुरको गौरवका रुपमा रहेको राप्ती शान्ति उद्यानबाट अभियानको उद्घाटन गरिने नगरप्रमुख घनश्याम पाण्डेले जानकारी गराएका हुन् ।
नगरप्रमुख पाण्डेले अभियानका क्रममा १ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको समेत जानकारी दिए । पर्यटकहरुलाई अनुकुल वातावरण वनाउनका लागि सबैले चासो र चिन्ता व्यक्त गर्नुपर्ने कुरामा जोड दिदै नगरप्रमुख पाण्डेले सबै क्षेत्रलाई पर्यटक मैत्री वनाउनु आजको आवश्यकता भएको वताए ।
कार्यक्रममा वोल्दै नेपाल पर्यटन वोर्डका पूर्व निर्देशक रमेश अधिकारीले सुन्दरता नै पर्यटन आकर्षणको मुलमन्त्र भएको वताए । “खाना, व्यवहार,वस्ने,हेर्ने सबै कुरामा सुन्दरता भयो भने मात्रै पर्यटनको केन्द्र वन्न सक्छ” उनले भने । वाह्रै महिना कुनै न कुनै उत्सव मनाएर तुलसीपुरलाई महोत्सवको शहर वनाउनुपर्ने कुरामा उनको जोड थियो । कुनै एउटा कुरा मात्रै सुधार गरेर पर्यटनको केन्द्र वन्न नसक्ने भन्दै उनले सबै क्षेत्रको सुधार आवश्यक रहेको कुरामा समेत जोड दिए । पर्यटनको विकासका लागि नागरिक सहभागिताको भुमिका अहम् हुने कुरामा उनको जोड थियो ।
कार्यक्रममा वडाध्यक्ष टोपवहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, कार्यपालिका सदस्य दिपक कुमाल, तुलसीपुर खानेपानी तथा सरसफाई समितिका कोषाध्यक्ष सीताराम आचार्य लगायत विभिन्न सुझावहरु दिएका थिए ।