दाङ । दाङको उत्तरी क्षेत्रमा टिमुर र सुगन्धकोकिला (मालागेडी) को खोती गर्ने तयारी भइरहेको छ । डिभिजन वन कार्यालय दाङले जिल्लाको उत्तरी वेलटमा टिमुर, मालागेडीलगायतका जडिवुटीका लागि उपयुक्त वातावरण भएको भन्दै यस्तो तयारी गरेको हो ।
‘जिल्लाको उत्तरी वेल्टमा वहुमूल्य जडिवुटीको लागि उपयुक्त क्षेत्र छ, त्यस क्षेत्रमा यस्ता जडिबुटीको खेती गरेर त्यहाँका स्थानीयलाई स्वरोजगार बनाउने हाम्रो उद्देश्य हो’, उनले भने ।
उत्तरी वेल्टमा मानववस्तीहरु पनि पातलिदै गएकाले पनि उनले बताए । त्यस क्षेत्रको खाली क्षेत्रमा टिमुर मालागेडीलगायतका जडिवुटीको खोतीका लागि विरुवा रोप्ने कार्यक्रम समेत शुरु भइसकेको प्रमुख ज्ञवालीले जानकारी दिए । टिमुर रोप्ने कार्यक्रम अन्तर्गत कार्यालय दाङको डिभिजन वन नर्सरी अम्वापुरमा ५० हजार, तुलसीपुरको नर्सरीमा २५ हजार र नारायणपुरको वन नर्सरीमा २५ हजार टिमुरमा विरुवा उत्पादन गरेको छ ।
साथै तीन ओटै नर्सरीमा २० हजार मालागेडीको बिरुवा समेत गरेको कार्यालयले बताएको छ । ‘टिमुर र मालागेडी दुवै बहुवर्ष, बहुउपयोगी जडिवुटी हुन’ डिभिजन प्रमुख ज्ञवालीले भने, ‘केही बर्षमै हामी दाङको उत्तरी भेगमा पाँच लाख टिमुर राप्ने योजना बनाएका छौ ।’
उत्तरी वेल्टमा विस्तृत अध्ययनपछि टिमुर रोपन कार्यक्रम ल्याइएको डिभिजन वन कार्यालयले बताएको छ । विरुवा उत्पादनपछि पहिलो प्राथमिकता किसानलाई र किसानलाई पुगेपछि सामुदायिक वन र राष्ट्रिय वनको खाली जग्गामा समेत टिमुर लगाउने कार्यक्रम रहेको छ अभियानमा खबर छ ।