Indrenionline.com

सरकारका कार्यक्रम जनतासम्म पु¥याउन स्थानीय तहको भूमिका महत्वपूर्ण

दाङ, २५ मंसिर । सरकारका कार्यक्रम जनतासम्म पु¥याउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने दाङबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुले बताएका छन् ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम जिल्ला व्यवस्थापन तथा समन्वय समिति दाङको बैठकमा बोल्दै प्रदेश सांसदहरुले भने, ‘संघीय र प्रदेश सरकारका कार्यक्रमहरु जनतासम्म पुग्न सकिरहेका छैनन् । यस्तो अवस्थामा स्थानीयहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै लैजानुपर्दछ ।’

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम जिल्ला व्यवस्थापन समितिका संयोजक जितेन्दमान नेपालीको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै प्रदेश सांसद रेवतीरमण शर्माले गाउँपालिकाका जनताको जीवनस्तरमा परिवर्तन ल्याउने खालका योजना छनौट गर्नुपर्ने बताए ।

मुख्यमन्त्रीको ड्रिम प्रोजेक्टका रुपमा रहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई स्थानीय तहले प्राथमिकता दिएको नपाइएको भन्दै सांसद शर्माले वजेट सक्नु भन्दा पनि प्रभावकारितालाई ध्यान दिन गाउँपालिकालाई निर्देशन दिए ।

बैठकमा बोल्दै प्रदेश सांसद अमरबहादुर डाँगीले प्रदेश सरकारको जनमुखी र प्रभावकारी कार्यक्रम प्रभावकारी नहुँदा दुःख लाग्ने गरेको बताए । सांसद सरस्वती गौतमले परम्परागत ढंगबाट सञ्चालित तालिमले जनताको जीवनस्तर माथि उठ्न नसक्ने बताए ।