Indrenionline.com

दाङमा नागरिक सैनिक अन्तरक्रिया

इन्द्रेणी संवाददाता
दाङ, २५ मंसिर । नेपाली सेना समारोह समिति निर्देशनालयका महासेनानी ईश्वरकुमार श्रेष्ठले नेपाली सेना देशको रक्षा, स्वाधिनताका लागि सधै कटिवद्ध भएको बताएका छन् । दाङका आज आयोजना गरिएको नागरिक सैनिक अन्तत्र्रिmयामा बोल्दै उनले जनता पानी र नेपाली सेना माछा भएको समेत बताए ।

नेपाली सेनाले विभिन्न समयमा नागरिकसँग अन्तत्र्रिmया गर्दै सेनाप्रतिका नागरिकका गुनासा सुन्ने र सल्लाह सुझाव संकलन गर्ने कमी कमजोरीलाई सच्याउदै अघि वढ्ने गरेको भन्दै यसैक्रममा दाङमा पनि अन्तत्र्रिmया राखिएको महासेनानी श्रेष्ठले जानकारी दिए ।

अन्तत्र्रिmयामा विभिन्न व्यक्तिहरुले सेनाले जनताको पक्षमा गर्दै आएको सेवालाई प्रशंसा गर्दै केही गुनासा पनि व्यक्त गरेका थिए । वक्ताहरुले नेपाली सेनाले नेपालको विभिन्न भौतिक निर्माणलगायत विपद् व्यवस्थापनमा समेत ठ्रलो भूमिका निर्वाह गरेको भन्दै सेना अझ जनताको मन मुटुमा पस्न सक्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा उठेका जनगुनासाको जवाफ महासेनानी श्रेष्ठ र सहायक रथी सुशील भण्डारीले दिएका थिए । सो क्रममा नेपाली सेनाले विभिन्न समयमा जनताका माझमा गरेका काम गायत सैनिक गतिविधिबारेमा समेटिएको बृत्तचित्र देखाइएको थियो । साथै सेनाले प्रत्यक पाँच वर्षमा मुल्याङ्कन गर्दै आएको बृत्तचित्र मध्ये यसवर्ष उत्कृष्ट भएको कृष्णकुमार महतोले निर्माण गरेको मैथलीभाषाको बृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।