Indrenionline.com

स्थानीयले रोके राप्ती नदीको जथाभावी उत्खनन्

दाङ, २४ मंसिर । राप्ती गाउँपालिकाले जनताको भावना विपरित राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन् गर्न अनुमति दिएको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका छन् ।

राप्ती गाउँपालिका वडा नं. १ का स्थानीयले भालुवाङ् बजार, वड्कापथ सिंचाइ आयोजनाको मुहान समेत खतरामा पर्ने गरी नदीजन्य पदार्थ उत्खनन् गर्न लागिएको भन्दै विरोधमा उत्रिएका हुन् । स्थानीय आन्दोलनमा उत्रिएपछि उत्खनन् कार्य रोकिएको छ ।

सोमवार उत्खनन्का लागि त्यहाँ पुगेका सयौं टेक्टरहरुलाई स्थानीयहरुले फर्काइदिएका थिए । उनीहरुले कुनै हालतमा पनि जनताको भावना अनुरुप जनताका लागि निर्माण गराइएका भौतिक पूर्वाधारलाई क्षति पु¥याउने किसमले उत्खनन् गर्न नदिने बताएका छन् ।

यता गाउँपालिकाले गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले सबै प्रकृया पूरा गरेर उत्खननको लागि ठेक्का लागेको र त्यहाँ कुनै जोखिम नरहेको दावी गरेका छन् ।