तिर्थराज ज्ञवाली
देविकोट, २४ मंसिर । नेपाल भ्रमण वर्ष सन् २०२० को आगमन नजिक रहदा दाङ जिल्ला राप्ती गाउँपालिकाको भद्राक्षि मन्दिरबाट सरोकारवालाहरुले दाङ जिल्लामा नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरेका छन् ।
दाङ जिल्ला पर्यटन पवद्र्घन समितिका संयोजक समेत रहनुभएका दाङ जिल्ला समन्वय समिति सभापति जितेद्रमान नेपाली र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागत गर्दै दाङ जिल्लामा नेपाल भ्रमण वर्ष सफल पार्न अभियान सुरु भएको उद्घोष गर्दै सबै क्षेत्रका पर्यटकीय क्षेत्रको विकासमा र प्रचार प्रसारमा सबै लाग्न अनुरोध गर्भरे ।
राप्ती गाउँपालिकाको महत्वपुर्ण स्थानको रुपमा रहेको प्रमुख धार्मीक स्थल श्री स्वस्थानि ब्रत कथामा अध्याय नौ अनुसार सतिदेकिो दाब्रे घुडा पतन भएको शक्ति पीठको रुपमा रहेको भद्राक्षि मन्दिर परिसर बाट दाङ जिल्ला पर्यटन पवद्र्घन समिति सदस्य जिल्ला समन्वय समिति उपसभापति श्रीधर शर्मा पौडेले दाङ जिल्ला पर्यटन पवद्र्घन समितिका आगामी योजना तथा नेपाल भ्रमण वर्ष सफल पार्न दाङ जिल्लाका विभिन्न हेर्न लायक स्थानको बारेमा जानकारी दिए ।
नेपाल भ्रमण वर्ष सन् २०२० को दाङ जिल्ला राप्ती गाउँपालिकाको भद्राक्षि मन्दिरबाट स्वागत गर्दै राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, दाङ जिल्ला पर्यटन पवद्र्घन समितिका जफत बहादुर बस्नेत, जागेश्वर घिमीरे, रुद्र बहादुर डागी, नेकपाका धर्म राज अधिकारी, नेपाली काग्रेशका दुर्योधन पाण्डे, राप्रपाका कुलराज न्यौपाने, वडा अध्यक्ष तारा बहादुर डिसी, विष्णु बहादुर घर्ति क्षेत्रि, गोकर्ण बहादुर राना, गोवर्धन रावत, राजनितिक दलका टोप बहादुर झाक्रि, भद्राक्षि मन्दिर ब्यवस्थापन सञ्चालक समितिका चन्द्र जिसी लगायतकाले दाङ जिल्लालाई धार्मीकस्थल, पर्यटकीय स्थल, कृषि, ब्यापार, पैदल मार्ग, ताल, नदि लगायतका विषयमा परिचित गराउन सकिने हुदा हरेक विषयलाई प्रवद्घन गरि भ्रमण वर्षलाई सफल बनाउनुपर्ने बताएका थिए ।