Indrenionline.com

आगलागीबाट एक लाखको क्षति

इन्द्रेणी संवाददाता
दाङ, २४ मंसिर । दाङमा आगलागी हुँदा एक लाख २० हजारको क्षति भएको छ । गढवा गाउँपालिका ७ विजयपुर वस्ने चुमा थापा मगरको फुसले छाएको एकतले भान्सा घरमा आगोलाग्दा क्षति भएको हो ।

आगलागीबाट अन्नपात, भाँडाकुडालगायतका सामान जलेका छन् । आगलागीबाट मानवीय क्षति नभएपनि १ लाख २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आएको छ ।