तुलसीपुर, २२ मंसिर । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले पनि घुम्न जाउँ तुलसीपुर अभियान सञ्चालन गर्ने भएको छ ।
अभियानलाई लक्षित गरेर उपमहानगरपालिकाले विभिन्न सरोकारवाला निकायसँग छलफल समेत गरेको छ । छलफलका क्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले पर्यटकीय क्षेत्रको पहिचान गरेर भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछानेले विभिन्न महिना छुट्याएर फरक फरक ढँगले अभियान सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका छन् । तुलसीपुर घुम्न आउने पर्यटकहरुको वसोवास र आतिथ्यताको पनि उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाई थियो । वडा नम्वर १४ का अध्यक्ष पर्शुराम चौधरीले पर्यटकहरुलाई तुलसीपुरको वारेमा जानकारी दिनुपर्ने वताए ।
कार्यक्रममा वडा नम्वर ७ का वडाध्यक्ष टोपवहादुर केसी,राप्ती शान्ती उद्यानका अध्यक्ष डिल्ली वहादुर भण्डारी,तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्री लगायतले विभिन्न सुझावहरु दिएका थिए।