घोराही, २० मंसिर । जिल्ला स्तरिय पर्यटन प्रवद्र्धन समितिले दाङका सबै गाउँपालिकामा वर्षैभरी कार्यक्रम गर्ने भएको छ । समितिको शुक्रवार घोराहीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।
समितिका जीतेन्द्रमान नेपालीको अध्यक्षता एवं प्रदेश सांसद अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकले पर्यटन वर्ष २०२० को भव्य स्वागतका लागि जनबरी १ अर्थात पुस १६ गते भव्य उद्घाटन कार्यक्रम गर्ने, कार्यक्रमलाई व्यवस्थित गर्नका लागि केवि मसाललाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको छ ।
यसैगरी भुवन चौधरी र खलुप्रसाद पुन रहेकेको सांस्कृतिक व्यवस्थापन उसमिति, श्रीधर शर्माको संयोजकत्वमा सरसफाई, सविन प्रियासनको संयोजकत्वमा प्रचारप्रसार, तारा देबकोटाको संयोजकत्वमा अतिथि सत्कार, प्रेमकुमार पुनको संयोजकत्वमा मञ्च व्यवस्थापन, रुद्र बहादुर डाँगीको संयोजकत्वमा आबास तथा भोजन, ध्रुबकुमार श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपसमितिलाई केही दिनमै बिस्तार गरिनेछ ।
पर्यटन वर्षलाई भव्य बनाउनका लागि विभिन्न क्षेत्रको सहभागितामा जितेन्द्र मान नेपाली संयोजक, श्रीधर शर्मा पौडेल, डा. शिव सुवेदी, केवि मसाल, भुवन चौधरी, खलुप्रसाद पुन, राम गोपाल यादब, जागेश्वर घिमिरे, ध्रुबकुमार श्रेष्ठ, बिरु रावत, रबिलाल आचार्य, रुद्रबहादुर डाँगी, हेमन्तप्रसाद पाण्डे, इश्वर पाण्डे, टेकेन्द्र राज अधिकारी, प्रेमकुमारी पुन, हुमा डिसी, तारा देबकोटा, कुसुम चौधरी, सविन प्रियासन सदस्य र काशीराम गैरे सदस्य सचिव रहेको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । समितिको काम कारवाहीलाई चुस्तदुरुस्त बनाउनका लागि ११ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।