दाङ, १७ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १४ मा महिला हिंसा विरुद्ध सचेतना ¥याली सम्पन्न भएको छ । वडा स्तरिय लैङ्गिक हिंसा न्युनिकरण समिति महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा सचेतना ¥याली सम्पन्न गरेको छ ।
सभालाई सम्बोधन गर्दै नेकपा दाङका सचिवालय सदस्य पुनम सेर्पाईलीले समाज रुपान्तर नै अहिलेको मुख्य आबश्यकता रहेको वताए । कार्यक्रमका विशिष्ट अतिथी एवं घोराही उपमहानगरपालिका वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगीले महिला हिसंाँ न्युनिकरण गर्न महिला पुरुष दवैको भुमिका बरावर हुने बताए ।
वडा स्तरिय लैङ्गिक ंिहसा न्युनिकरण समितिका सदस्य बिष्णु भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ,सल्लाहकार दिलकुमारी बुढा,वडा स्तरीय सक्षम महिला समुहका अध्यक्ष देवा सेन ठकुरी ,सचिव भिमकुमारी पुन, योग मनोविश्लेषक डाक्टर लोकराज पुराजुली, बालकल्ब अध्यक्ष चन्द्रप्रकाश नेपाली, मगरभाषा प्रतिष्ठानका प्रकाश पुन लगाएतले बोलेका थिए । वडा स्तरिय लैङ्गिक ंिहसा न्युनिकरण समितिका अध्यक्ष मनकुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य पशुपति गिरीले गरेका थिए ।