इन्द्रेणी संवाददाता
दाङ, १६ मंसिर । दाङको क्षेत्र नं. ३ ‘ख’ मा नेकपाकी उम्मेदवार विमला कुमारी खत्री वली विजयी भएकी छन् । उनले कांग्रेसका उम्मेलवार केशवराज आचार्यलाई ५ हजार १ सय मतान्तरले पछिपार्दै विजयी भएकी हुन् ।
त्यसैगरी नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०, नेपाल लोकतान्त्रिकका झरेन्द्रबहादुर खत्रीले २६ ,नेपाल मजदुर किसान पार्टीका सुरेश परियारले १५,राष्ट्रिय जनमुक्तीका धनराज विश्वकर्माले ११, वि पी कांग्रेस पार्टीका दिपककुमार धितालले २ र स्वतन्त्र टिकाराम आचार्यले ४ र गोविन्द केसीले २ मत प्राप्त गरेका थिए ।
दाङ क्षेत्र नं. ३ ‘ख’ मा ६८ हजार ७ सय १९ मतदातामध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो । ७ सय ९७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।