घोराही, १५ मंसिर । प्रेस संगठन दाङको एकता प्रक्रिया टुंगोमा पुगेको छ । आज बसेको प्रेस संगठन दाङको कार्यदल बैठकले दुबै पूर्व घटकहरु मिलाएर एकता टुंगाएको हो । जसअनुसार प्रेस संगठन दाङको कार्यसमिति ३९ सदस्यीय बनेको छ ।
संगठनको कार्यसमितिमा पाण्डव शर्मा, प्रेमबहादुर राम्जा, इन्द्रविवश डिसी, सन्तोष अधिकारी, दिवाकर पोख्रेल, दशरथ घिमिरे, जनक नेपाली, केशरमान वीसी, सुधासुमन ढकाल, नविन अभिलाषी, जीवन नेपाली, दामोदर बस्नेत ‘राकेश’, उदय विसी, युगराज पोख्रेल, दीपक बोहोरा, गिरीराज नेपाली, राजेश चौधरी, शान्त बुढा मगर, शिवराज पन्थी, रमा पोख्रेल, बसन्त परियार, नगेन्द्र चौधरी, बालकृष्ण पाण्डे, दिप्तीशिखा चौधरी, माधव कँडेल, शिव घर्ती, किरण गौतम, सन्तोष डाँगी, आभाष बुढाथोकी, विकाश डाँगी, भागबत भट्टराई, सविता सुनार, अमृता भुसाल, शिवु खनाल, सुमन केसी, लक्ष्मण विश्वकर्मा र शैलेस अधिकारी रहेका छन् ।
संगठनका संयोजक प्रकाश चौधरीको अध्यक्षतामा बसेको बैठकमा बोल्दै प्रमुख अतिथि संगठनका प्रदेश संयोजक सविन प्रियासनले संगठनलाई भावनात्मकरुपमा एकता बनाउने गरी काम गर्न निर्देशन दिएका थिए । विशिष्ट अतिथि केन्द्रीय सदस्य टिका बस्नेतले प्रेस संगठनलाई दाङमा नयाँ उचाईका साथ एक भएर काम गर्न आग्रह गरे ।