इन्द्रेणी संवाददाता
दाङ, १५ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १६ को वडाध्याक्षका लागि भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी विजयी भएका छन् । उनले १ हजार २ सय १८ मल ल्याएर विजयी भएका हुन् ।
त्यसैगरी संघीय समाजवादीकी विमला पुनले ३१, राप्रपाका प्रकाश केसीले १९, नेशनल मंगोलका पहलमान आलेले ३० र स्वतन्त्र उम्मेदवार समीर वलीले २३ मत प्राप्त गरेका थिए । कुल सखेको ३ हजार २ सय २६ मतमध्ये ६८ मल वदर भएको थियो ।