Indrenionline.com

कम्युनिष्ट सरकार नयाँ राणा शासन : पौडेल

शरद रेग्मी
तुलसीपुर, ९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मुल्य मान्यतालाई उल्ट्यादै गएको बताएका छन् ।

रिपोर्टस क्लब दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले अहिलेको सरकार सामन्ति राणा सासनका नयाँ संस्करण भएको आरोप लगाएका हुन ।

पौडेलले भने ,–‘राणाको पथमा हिडेर यिनीहरुले देशलाई त्यस्तै सामन्ति बाटोमा लान खोजिरहेका छन, एक पछि अर्को गर्दे लोकतन्त्रको मुल्य
मान्यतालाई उल्ट्याउदै गएका छन ।’

दोन्दकालमा ठूलो लडाई लडेर नेपाली काँग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै नेता पौडेलले तर अहिलेको सरकारले त्यसलाई उल्टोबाटो सामन्तबाद तर्फ लैजान खोजेको दोषारोपन गरे ।