Indrenionline.com

नेकपाको सरकार राष्ट्रिय हितको पक्षमा : मुख्यमन्त्री पोखरेल

गणेश आचार्य
दाङ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा नेतृत्वको सरकार राष्ट्रिय हितको पक्षमा दृढताका साथ अघी बढेको बताएका छन् ।

प्रेस संगठन दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले नाकाबन्दी गरेका बेला नेकपाकै नेतृत्वको सरकारले भारतलाई घुँटा टेकाउन बाध्य पारेको दावी गर्दै यसपटकको सीमा विवादलाई पनि कुटनैतिक तरवरले समाधान गर्ने बताए । ‘सरकार सीमा विवाद समाधान गर्न गम्भीर भएको भन्दै भारतलाई कुटनैतिक नोट लेखेर दवाब दिएको बताए ।

नेकपाको स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले कालापानी र लिपुलेक नेपालको भएको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसलाई तथ्यमा सावित गर्न नेकपा र सरकार दृढ भएको बताए ।