Indrenionline.com

घोराही १६ मा माहोल तताउदै समीर

घोराही, ९ मंसिर । आगामी मंसिर १४ को उपनिर्वाचनमा ठुला दलहरुले देशभर दबदबा चलाइरहेका बेला घोराही उपमहानगरपालीका वडा नं १६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा भने एक युवाको स्वतन्त्र उम्मेदवारीका कारण छुट्टै माहोल बनेको छ।

स्वतन्त्र उम्मेदवारी दिने युवा हुन घोराही १६ लेटारका युवा व्यवसायी तथा सामाजिक अभियन्ता समीर वली । दल र नेताको व्यबहार बाट वाक्क दिक्क परेका जनताका लागि गतिलो विकल्प बनेर आएका युवा समीर वलीले वडावासीको एकदमै राम्रो साथ र सहयोग पाइरहदा ठुला दलहरु आत्तिन थालेका छन। उनी बिना कुनै तामझाम साधारण रुपमा ड(ज्ञण् जना साथिहरु संगै अहिले घरदैलोमा ब्यस्त छन ।

व्यवस्था परिवर्तन भयो तर सामान्य नारिककको अवस्था परिवर्तन हुन सकेन। त्यही सामान्य नारिककको अवस्था परिवर्तन गर्न म सामान्य नागरिक नै मैदानमा उत्रेको छुू उम्मेदवारी किन ? भन्ने प्रश्नमा उनी भन्छन । भर्खरै दाङमा ुचिया घर दाङु सञ्चालनमा लिएका समीर वली दाङमा हुने हरेक अभियान हरुमा सकृय रुपमा सहभागी हुनुका साथै नेतृत्व गर्छन।