इन्द्रेणी संवाददाता
दाङ, ८ मंसिर । दाङ प्रहरीले विभिन्न ठाउँबाट आठ जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको टोलीले शनिवार घोराही १४ वसपार्क नजिकै लागु औषध ब्राउन सुगर कारोवार भइरहेको गोप्पे सूचनाको आधारमा ५ जनालाई पक्राउ गरेको छ ।
त्यसैगरी शनिवार नै प्रहरीले घोराही १३ वाह्रक्ने दह नजिकैबाट ३० ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित तीन जलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रुकुम पश्चिम बाँफिकोट ७ का ३३ वर्षका शेरबहादुर खत्री, रुकुम पूर्वा भूमे १ का २८ वर्षका तपजित घर्ती मगर र दाङ घोराही १३ का २६ वर्षका अविनास थापा रहेका छन् ।