Indrenionline.com

स्वतन्त्र उम्मेदवार जगलाल भोट माग्दै घरदैलोमा

इन्द्रेणी संवाददाता

घोराही, ४ मंसिर । आगामि मंसिर १४ गते हुने घोराही १६ को वडाध्यक्ष पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका जगलाल चौधरी हात मिलाएको चुनाब चिन्ह लिएर मतदाताको घरघरमा पुगेका छन् ।

उनी आफ्नो चुनाव चिन्नका साथ मत माग्दै जनताको घरदैलोमा पुगेका हुन् । भोट माग्दै उनी वडाभित्र रहेका ३७ टोलमा पुगेका छन् ।

स्वर्गीय वडाध्यक्ष लक्षिणप्रसाद बुढाका सपना पूरा गर्ने गरी चुनाबी प्रचारमा रहेका चौधरीलाई निर्बाचन कार्यालयले हात मिलाएको चुनाब चिन्ह प्रदान गरेको छ । ब्यबस्थित रुपमा प्रचारलाई बढाएका चौधरीलाई स्वर्गीय लक्षिणप्रसाद बुढाकी धर्मपत्नीको पनि साथ रहेको छ ।