तुलसीपुर, ५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता दीपक बोहराले अहिले नेपालमा जबरजस्ती धर्म परिबर्तन गर्ने ठूलो गिरोह सक्रिय भएको बताएका छनु । उनले यस्तो कार्यले धर्मयुद्ध निम्त्याउन सक्ने समेत बताए ।
रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले पूर्व राजालाई पनि संबिधानको परिधीमा ल्याउनुपर्ने बताए । बिगतमा राजालाई संबिधान भन्दा माथि राखिएको भएपनि अहिले संबिधानको मातहतमा राख्ने गरी ल्याउनुपर्ने बताए ।