Indrenionline.com

‘बिधवा भनेर नहेप्नुस’

गणेश आचार्य
दाङ, ५ मंसिर । दाङ क्षेत्र नम्वर ३‘ख’की नेकपा उमेद्वार विमला वलीले एकल महिलाको मानमर्दन नगर्न काँग्रेस नेताहरुलाई सुझाव दिएकी छन् ।

भ्युडर सुनपुरमा भएको चुनावी टोल सभालाई सम्बोधन गर्दै उमेद्वार वलीले आफूलाई बिधववा भनेर नहेप्न आग्रह गरिन् । ‘काँग्रेसका केही नेताले मेरो सेतो साडीमाथि प्रश्न उठाउँदै अपमान गरेको भन्ने सुनेको छु ।’उनले भनिन्, ‘त्यो अपमान मेरो मात्रै होइन,सबै एकल महिलाको मानमर्दन हो ।’ नेपाली काँग्रृस दाङका सचिव शंकर डाँगीले यसअघि नेकपा उमेद्वार वलीलाई सेतो साडी लगाएर भोट मागेको भन्दै सार्वजनिक रुपमा आलोचना गरेका थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा उमेद्वार वलीले बिधवा हुनु पाप नभएको भन्दै आफूले सामाजिक संस्कार अनुसार श्रीमान्को निधन पश्चात सेतो बस्त्र पहिरीएको प्रष्ट पारिन् । ‘मैले रहरले सेतो साडी लगाएकी होइन्, उनले भनिन्, ‘हाम्रो सामाजिक संस्कार जोगाउन सेतो बस्त्र लगाएकी हुँ ।’ महिलाको अपमान गर्ने अधिकार कसैलाई नभएको भन्दै उनले महिलाको इज्जत गर्न सिक्न काँग्रेस नेताहरुलाई आग्रह गरिन् । महिलाले केही गर्न सक्दैनन् भन्ने भ्रम त्याग्न समेत उनको भनाइ थियो । उनले आफू कसै बिरुद्ध नबोल्ने भन्दै भाषणमा भन्दा विकासमा जोड दिने बताइन् ।