दाङ, ५ मंसिर । दाङका सञ्चालित उद्योगमध्ये करीब ५५ प्रतिशत दर्ता नै नभएको पाइएको छ । राष्ट्रिय आर्थिक गणना २०७५ का अनुसार जिल्लामा १४ हजार ४५१ ओटा प्रतिष्ठान ९आर्थिक–व्यावसायिक कारोबार गर्ने संस्था० छन् । यसमध्ये ७ हजार ९०३ ओटा मात्र दर्ता भएर सञ्चालनमा रहेको तथ्यांक कार्यालय, दाङले बताएको छ ।
जिल्लामा सञ्चालित प्रतिष्ठानमध्ये सबैभन्दा बढी ५९ दशमलव ९ प्रतिशत व्यापारसम्बन्धी छन् । व्यापारतर्फका ८६३९ प्रतिष्ठानमा १७ हजार ८२९ जनाले रोजगारी पाएको पनि तथ्यांक कार्यालयले बताएको छ । त्यस्तै होटलतर्फ १८५२, शिक्षातर्फ ५६२ र स्वास्थ्यतर्फ २६६ प्रतिष्ठान छन् । देशको आर्थिक अवस्था मूल्यांकन गर्न र सो अनुसार नीति तथा कार्यक्रम बनाउन सहज हुने भएकाले आर्थिक गणना गरिएको अधिकृत पोख्रेलले बताए ।