इन्द्रेणी संवाददाता
नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मालाई पत्नी शोक परेको छ । आज शर्माकी श्रीमती रोहिणीदेवी शर्माको ८५ वर्षको उमेरमा निधन भएपनि शर्मालाई शोक परेको हो ।
यसैबीच नयाँ युगबोध दैनिकका संस्थापक समेत रहेका शर्मा एवं वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माकी धर्मपन्ती एवं नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक प्रताप रेग्मीकी ममतामयी आमा रोहीणीदेवी शर्माको निधनप्रति नेपाल पत्रकार महासंघ दाङले शोकवक्तव्य जारी गरेर दुःख व्यक्त गरेको छ ।
‘दुःखको यस घडिमा दिवंगत हुनुभएकी शर्माप्रति हार्दिक श्रद्धान्जली तथा शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं’, वक्तव्यमा भनिएको छ, ‘शर्माको निधनले हामीले एकजना कुशल अभिभावक गुमाएको महसुस गरेका छौं । उहाँले समाजका लागि पु¥याउनुभएको योगदानको नेपाल पत्रकार महासंघ, दाङ शाखा सदैव स्मरण गर्नेछ ।’ साथै शोकको यस घडीमा महासंघ दाङ शाखाले आगामि तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगर्ने जनाएको छ ।