Indrenionline.com

घोराहीमा सीबी डान्स घर

घोराही, १ मंसिर । दाङको घोराहीमा सिबी डान्स घर सञ्चालनमा आएको छ । डान्स घरको आज औपचारिक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो ।

सञ्चालक चाहाना झाक्री मगरको अध्यक्षतामा डान्स घरको उद्घाटन गरिएको थियो । नृत्य कलाको प्रशिक्षणका लागि डान्स घर सञ्चालन गरिएको हो । डान्स घर उद्घाटन कार्यक्रममा नेकपाकी नेतृ दिलकुमारी बुढा, कलाकारहरु प्रकाशसिंह पुन, मनोज रसाइलीले बोलेका थिए ।