गणेश आचार्य
दाङ, १ मंसिर । दाङको शान्तिनगर गाउँपालिका वडा नम्वर ५ का कालुराम चौधरी उमेरले ७६ बर्ष पुगे । सोही ठाउँकी खिरिया चौधरी ६४ बर्ष पुगिन । तर,उपनिर्वाचनको प्रचारप्रसारमा उनीहरुको सक्रियता २०÷ २५ बर्षका जवानकोभन्दा कम छैन् । उनीहरु भर्खरका नवजवान युवा जस्तै चुनावको प्रचारप्रसारमा व्यस्त छन् ।
‘काँग्रेसले धेरै सरकार चलायो । तर,विकास गरेन ।’उनीहरुले भने,‘कम्युनिस्टले जितेपछी हाम्रो गाउँमा विकास भइरहेको छ । बिजुली आयो,बाटो बन्यो,पुलपुलेसा बने ।’ यसअघीको चुनावमा उत्तरकुमार वलीबाट उनीहरुले विकासको अपेक्षा धेरै गरेका रहेछन् । ‘उत्तरलाई जितायौँ । विकास गर्दै गर्दै थिए । उनी बिते । अब उनकी श्रीमती विमलालाई जिताउँछौँ ।’ उनीहरुले भने,‘उत्तरले पुरा गर्न बाँकी रहेका विकास विमलाले गर्नुपर्छ ।’ विगतमा काँग्रेसलाई जिताउँदा विकासभन्दा विनाश भएको उनीहरुको बुझाई छ । ‘ बजेट त काँग्रेसलाई जिताउँदा पनि आउँथ्यो ।’कालुरामले भने,‘तर, विकास कहिल्यै भएन् । विकासमा लगाउने पैसा आफ्नो गोजीमा हाले ।’
उनीहरुलाई समनताको व्यवहारका कारणले पनि कम्युनिष्ट मनपर्ने रहेछ । काँग्रेसले क्षत्री र बाहुन बाहेकको जातीका मान्छेलाई तल्लो दर्जाको व्यवहार गर्ने भएकाले पनि काँग्रेससँग जनता रुष्ट हुँदै गएका छ । ‘काँग्रेसले जातकै कारण मान्छे छुट्याउँछन् ।’उनीहरुले भने ,‘कम्युनिष्टले सबैलाई बराबर मान्छन् । कसैलाई भेदचाव गर्दैनन् ।’ समानता र विकासकालागि यसपटक नेकपाकी उमेद्वार विमला वलीलाई मतदान गर्ने उनीहरुको भनाई छ ।