Indrenionline.com

दाङमा पाँच थान आधुनिक हतियार एसएमजी फेला

इन्द्रेणी संवाददाता
दाङ । दाङ प्रहरीले सीमा क्षेत्रबाट आधुनिक हतियार पाँच थान एसएमजी (सर्ट मेसिनगन) फेला पारेको छ । दाङ र कपिलवस्तु सीमा क्षेत्र गढवा र कपिलवस्तुको शिवनगर १ मा सुटकेसमा लुकाइ राखिएको अवस्थामा ती हतियार फला पारेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी जनक भट्टराइले बताए । शिवनगरको एक गोठमा सुटकेसमा राखेर स्याउलाले छोपिएको अवस्थामा वेवारिसे अवस्थामा हतियार फेला  परेको प्रहरीले बताएको छ ।

हतियारसँगै एसएमजीका १३ थान म्यागजीन, ३ सय ९० राउण्ड त्यसमा लाग्ने गोली समेत बरामद भएको छ । उक्त हतियार कसले कहाँ कुन परियोजनमा लैजादै गरिएको खुल्न नआएपनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार ओसारदैछ भन्ने गोप्पे सूचनाका अधारमा आफूहरुले हतियार फेलय पारेको प्रहरीले बताएको छ । फेलय पारेको हतियार जिल्ला प्रहरी कार्यालय दाङले शनिवार विहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

यस्तै दाङ प्रहरीले एकजना विप्लप कार्यकर्तालाई प्रक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका बडा नंम्बर १ पटेरीखोलाका ३० वर्षका विप्लव समूहको सेक्सन अध्यक्ष प्रकाश बुढा मगरलाई एक्लै हिडिरहेको अबस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।