तुलसीपुर, २८ कार्तिक । त्रिभुवन विश्वविद्यालयले भर्खरै सार्वजनिक गरेको बिबिएस चौथो वर्षको परीक्षाको नतिजामा ज्ञानदीप कलेज तुलसीपुरले प्रदेश नम्वर ५ मै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ ।
त्यस्तैगरी कलेजका छात्र सुशिल डाँगीले ७८.६ प्रतिशत अंकका साथमा दोस्रो भएको पनि कलेजका सहप्राचार्य मनोज कुमार केसीले जानकारी दिएका छन् । केसीका अनुसार प्रदेशमै सो अनुसार कसैले पनि अंक ल्याउन नसकेको कारण कलेजले उत्कृष्ट अंक ल्याएको हो ।
२०७० सालमा स्थापना भएको कलेजले स्थापनाकाल देखि नै उत्कृष्ट अंक ल्याउँदै आएको छ । शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य समेत गर्दै आएको कलेजले विभिन्न राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेको छ । कलेजले उत्कृष्ट अंक ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।